मङ्लबार, पुस ९, २०८१
साहित्य

नजर

अँध्यारोमा पनि
आँखा देख्न हिम्मत राख्ने

अनि,
छाया खोज्दै
चोकतिर डुलिरहने।
आकाशका तारा गन्दै,
धर्तिको आफुलाई,
अङ्कन गर्न बिर्सने पनि मै हु।

म सुर्यलाई हेर्न सक्छु
म समुद्र तर्न सक्छु
र म हिडेर नै
विश्व परिक्रमा गर्न सक्छु।

मेरो आँखाले देख्ने आकाश,
अनि मेरा खुट्टाले टेक्ने धर्ती।

तिम्रो आँखाले देख्ने आकाश,
तिम्रै खुट्टाले टेक्ने धर्ती।

यहाँ हेराई फरक छ
म दिनमा पनि तारा देख्छु
म धर्ती मै आकाश खोज्छु
र म यो चराचर जगतलाई
आँखामा राख्न सक्छु।

पानी मेरा लागि रंगीन छ,
अनि हावा मेरो मुठ्ठी भित्र छ।

धर्ती मै हु,
आकाश मै हु,
पानी मै हु,
हावा मै हु,
किनकी यो मेरो नजर हो।

कम्मान रावल

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार