बुधबार, भदौ २६, २०८१
  • होमपेज
  •  वसन्तपुरमा रहेको ऐतिहासिक गद्दी बैठक आज मङ्गलवारदेखि सर्वसाधारणका लागि खुला
समाचार

 वसन्तपुरमा रहेको ऐतिहासिक गद्दी बैठक आज मङ्गलवारदेखि सर्वसाधारणका लागि खुला

 

वसन्तपुरमा रहेको ऐतिहासिक गद्दी बैठक आज मङ्गलवारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । आज एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गद्दी बैठक उद्घाटन गरेका हुन। २०७२ वैशाखको भूकम्पले क्षति पुर्‍याएको गद्दी बैठकलाई अमेरिकाको ुएम्बासडर्स फन्ड फर कल्चरल प्रिजर्भेसनु अन्तर्गत मिया मोटो भन्ने कम्पनी र संस्कृति सम्पदा कोष मिलेर जीर्णोद्धार गरिएको हो । योसँगै गद्दी बैठकको तल्लो तलामा रहेका तीन वटा ग्यालरीमा ऐतिहासिक हातहतियार र वृत्तचित्र पनि आजदेखि सर्वसाधारणले अवलोकन गर्न सकिने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए ।

लामो समयपछि खुला भएको यो ऐतिहासिक गद्दी बैठक अवलोकनका लागि सर्वसाधारणले अतिरिक्त शुल्क तिर्नुपर्दैन । यसअघि प्रवेश दरबार परिसरमा प्रवेश गर्दा तिर्दै आएको शुल्कले नै बैठकको पनि अवलोकन गर्न सकिने प्रमुख सन्दीप खनालले जानकारी दिए । भूकम्पपछि गद्दी बैठकको जीर्णोद्धार सम्पन्न गरेर २०७५ असार १३ गते अमेरिकी राजदूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । गद्दी बैठकको भुइँ तलामा एकीकरणदेखि गणतन्त्रसम्मको राजनीतिक परिचय दिने विभिन्न किसिमका घटनाक्रम समेटेर प्रदर्शनको व्यवस्था गरिएको छ । यो कक्षमा पृथ्वीनारायण शाहले प्रयोग गर्नुभएका हातहतियारसमेत प्रदर्शनमा राखिएको छ ।

अर्को समाचार

नजर
नजर

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार