शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • नेपालमा ४२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि
Breaking News

नेपालमा ४२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

 नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ४२ जनामा कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार चार सय ७१ जनाको नमुना परीक्षण गर्दा ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा ८६ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

 अहिले नेपालमा एक हजार एक सय ९८ जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्‍ये १ हजार १४६ जना होम आइसोलेसनमा रहेका छन् भने ५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २० जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत् छन् । मंगलबार ४२ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५०८ जना पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार