बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • शाखा अधिकृत वा सो सरह पदको पहिलो चरणको परीक्षा स्थगित
समाचार

शाखा अधिकृत वा सो सरह पदको पहिलो चरणको परीक्षा स्थगित

लोक सेवा आयोगले यही चैत २६ गते निर्धारण गरेको शाखा अधिकृत वा सो सरह पदको पहिलो चरणको परीक्षा स्थगित गरेको छ । यो परीक्षाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले फैसला गर्न ढिलाइ गरेपछि परीक्षा स्थगित गरिएको हो । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार धेरै उम्मेदवारहरु भएकाले र दिपायलदेखि जुम्लासम्म पनि परीक्षा हुने भएकाले परीक्षा व्यवस्थापन गर्नै नसक्ने अवस्था आएको हो ।

शाखा अधिकृत पदको परीक्षाको विज्ञापन गत मंसिर महिनामा प्रकाशित भएको थियो । त्यतिबेला कर्मचारी समायोजनको विवाद टुंगो नलाग्दै परीक्षा लिन नपाइने भनेर सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि परीक्षा स्थगित भएको थियो । तर त्यसपछि फेरि अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने फैसला आएपछि लोक सेवा आयोगले यही चैत २६ गते परीक्षा लिने तयारी गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार