बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • निर्वाचन आयोग सत्ताधारी दलहरूलाई फाइदा पुग्ने खालको गतिविधिमा संलग्न भएको ओलीद्वारा आरोप
समाचार

निर्वाचन आयोग सत्ताधारी दलहरूलाई फाइदा पुग्ने खालको गतिविधिमा संलग्न भएको ओलीद्वारा आरोप

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग सत्ताधारी दलहरूलाई फाइदा पुग्ने खालको गतिविधिमा संलग्न भएको आरोप लगाएका छन् । स्थानीय तह चुनावको मतपत्रको रङ परिवर्तन गर्ने र उम्मेदवार मनोनयनका लागि दुई दिनको समय दिने निर्णय एउटा दल विशेषलाई फाइदा पुग्ने गरी निर्वाचन आयोगले गरेको भन्दै अध्यक्ष ओलीले त्यसप्रति आपत्तिसमेत जनाए । आज आइतवार बसेको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै उनले स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण ढङ्गले चुनाव सम्पन्न गर्नुपर्ने भए पनि निर्वाचन आयोगको गतिविधिप्रति आशङ्का गर्नुपर्ने अवस्था आएकोमा आफूलाई चिन्ता लागेको पनि बताए ।

उनले भने, ‘दलहरूसँग परामर्श नगरी चुनाव चिह्नको रङ बदल्ने कुरा सहज, सामान्य हुँदै होइन। निर्वाचन आयोगले समयसमयमा विभिन्न दलसँग परामर्श गर्ने गर्छ तर महत्त्वपूर्ण विषयमा परामर्श गर्न नपर्ने?’ उनले प्रचलनमा आएको रङ परिवर्तन गर्न सहमति गर्नु अनिवार्य गर्नुपर्नेमा जोड दिए। आफ्नो विपक्षमा फैसला दिने खालका खालका घटना विगतमा भोगेको पनि ओलीले दाबी गरे। देशको सबैभन्दा ठूलो दलसँग परामर्श नगरी साँठगाँठयुक्त क्रियाकलाप, सेटिङयुक्त क्रियाकलाप गरिएको उल्लेख गर्दै त्यस्ता व्यवहार हुन नहुने उनको भनाइ छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार