बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • स्थानीय तह चुनावका लागि १ करोड ७७ लाख ३३ हजार मतदाता, २१ हजार ९५५ वटा मतदान केन्द्र
Breaking News

स्थानीय तह चुनावका लागि १ करोड ७७ लाख ३३ हजार मतदाता, २१ हजार ९५५ वटा मतदान केन्द्र

 

निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा लागि मतदाता, मतदानस्थल र मतदान केन्द्रको टुङ्गो लगाएको छ । आज आइतवार बसेको निर्वाचन आयोगको बैठकले अन्तिम नामावली टुङ्गो लगाएको हो । जसअनुसार मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार सात सय २३ जना रहेको छ । यसमा ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने महिला मतदाताको सङ्ख्या ८७ लाख ४१ हजार पाँच सय ३० जना रहेको छ । त्यस्तै अन्यमा एक सय ८३ जना मतदाता छन् । सबैभन्दा धेरै मतदाता मोरङमा सात लाख १५ हजार दुई सय २३ जना छन् भने सबैभन्दा कम मनाङमा ६ हजार चार सय ९६ मतदाता रहेको आयोगले जनाएको छ । अहिलेको चुनावमा अघिल्लो स्थानीय तहको चुनावमा भन्दा ३६ लाख ५९ हजार दुई सय ९९ जना धेरै मतदाता थपिएका छन् । २०७४ सालमा भएको चुनावमा एक करोड ४० लाख ७४ हजार चार सय ४० मतदाता थिए ।

यसैबीच निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि मतदानस्थल र मतदान केन्द्रको पनि टुङ्गो लगाएको छ । स्थानीय तह चुनावमा देशभर २१ हजार ९५५ वटा मतदात केन्द्र तोकिएको छ । निर्वाचन आयोगले एक सूचना निकालेर १० हजार ७५६ मतदान स्थलमा २१ हजार ९५५ वटा मतदात केन्द्र रहने जनाएको हो । एउटा मतदान स्थलमा एक भन्दा बढी केन्द्र पनि रहने छन् । सबैभन्दा धेरै मधेस प्रदेशमा ४ हजार १८९ मतदान केन्द्र रहने जनाएको छ । यस्तै सवैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ३८५ वटा मतदान केन्द्र रहने छन् । बागमती प्रदेशमा ४ हजार ९५, प्रदेश १ मा ४ हजार ५१, लुम्बिनी प्रदेशमा ३ हजार ८३२, गण्डकी प्रदेशमा २ हजार ३०० र सुदूरपश्चिम प्रदेशमा २ हजार १०३ वटा मतदान केन्द्र रहने निर्वाचन आयोगले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार