शुक्रबार, भदौ २८, २०८१
  • होमपेज
  • नेपाली राष्ट्रिय फुटबल टोली थाइल्यान्डको चोनबरी एफसीसँग पराजित
Breaking News

नेपाली राष्ट्रिय फुटबल टोली थाइल्यान्डको चोनबरी एफसीसँग पराजित

मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय फुटबल टोली थाइल्यान्डको चोनबरी एफसीसँग पराजित भएको छ । थाइल्यान्डमा आज भएको मैत्रीपूर्ण फुटबलमा नेपाली टोली चोनबरीसँग तीन–एक गोलले पराजित भयो । पहिलो हाफमा एक गोल गरेको चोनबरीले दोस्रो हाफमा अरू दुई गोल गर्‍यो । नेपालका लागि ८३ औँ मिनेटमा दर्शन गुरुङले एक गोल गरे ।
यसअघि थाइल्यान्डसँग भएको मैत्रीपूर्ण फुटबलमा नेपाल दुई–शून्य गोलले पराजित भएको थियो । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलअघि नेपाल मैत्रीपूर्ण फुटबल खेल्न थाइल्यान्ड पुगेको हो । एसियन कप छनोटमा नेपाल रहेको समूह ‘ए’ मा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

चोनबुरी एफसीसँगको खेलमा राष्ट्रिय टोलीका अधिकांश नियमित खेलाडीलाई आराम दिइएको थियो । नेपालको कप्तानी अनन्त तामाङले गरेका थिए । गोलरक्षकमा दीप कार्कीलाई मौका दिइएको थियो । जुनमा हुने एसियन कप छनोटको खेलमा नेपाल जोर्डन, कुबेत र इन्डोनेसिया रहेको समूह एमा छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार