बुधबार, भदौ २६, २०८१
  • होमपेज
  • चैत्र १९ गते शनिबार ‘द एज ब्याण्ड’ विराटनगरमा आउने
समाचार

चैत्र १९ गते शनिबार ‘द एज ब्याण्ड’ विराटनगरमा आउने

नेपालको चर्चित ब्याण्ड द एज ब्याण्ड विराटनगरको एयरपोर्ट रोडमा रहेको तृष्णा होटलमा आउने भएको छ। स्रष्टा नेपाल र सोलिस इन्रटेनमेन्टको आयोजनामा चैत्र १९ गते शनिबार लाइभ कन्सर्टका लागि विराटनगरको तृष्णा होटलमा आउने भएको हो। नयाँ वर्षको आगमनसँगै नयाँ साललाई लक्षित गरेर आयोजना गर्न लागिएको सो कन्सर्टमा ३ सयदेखि ३५० सम्म दर्शकलाई सहभागी गराउने योजना रहेको साजित आलमले बताए। ‘यो लाइभ कन्सर्ट नयाँ वर्ष लक्षित गरेर आयोजना गरिएको हो’, उनले भने, ‘कन्सर्टमा ३ सयदेखि ३ सय ५० सम्म दर्शकलाई सहभागी गराउने हाम्रो लक्ष्य छ।’

यस्तै कोराना महामारीमा विशेषगरी कलाकार प्रत्यक्ष असरमा परेका कारण कोरोना प्रभावित भएको कला क्षेत्रलाई पुनरुत्थान गर्न लाइभ कन्सर्टले अहम् भूमिका खेल्ने प्रदेश १ क प्रदेशसभा सदस्य बिन्दिया कार्कीले बताइन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार