शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • वडाध्यक्ष विष्टले गरे ५ वर्षको तलबभत्ता विद्यालयलाई हस्तान्तरण
Breaking News

वडाध्यक्ष विष्टले गरे ५ वर्षको तलबभत्ता विद्यालयलाई हस्तान्तरण

बझाङका एक वडाध्यक्षले ५ वर्षसम्म वडाध्यक्षका रुपमा पाएको सेवासुविधा बापतको रकम विद्यालयलाई प्रदान गरेका छन्। जयपृथ्वी नगरपालिकाको वडा नम्बर १० का अध्यक्ष दलबहादुर बिष्टले सेवासुविधाको १५ लाख रुपैयाँ स्थानीय विद्यालयलाई दिएका हुन्। उनले ‘कृष्ण पुष्पा फाउन्डेशन’ मार्फत शुक्रबार एक कार्यक्रमकाबीच बझाङ भोपुरको सत्यवादी माध्यमिक विद्यालयलाई रकम दिएका हुन्।
आफूले कक्षा ६ देखि १० सम्म छात्रवृत्ति पाएर नै पढेको बताउँदै विष्टले सबैका छोराछोरी विद्यालय पढ्न नसक्ने भएकाले छात्रवृत्तिले ठूलो महत्त्व रहेको बताए । सत्यवादी उच्च माविका प्रधानाध्यापक रामदत्त उपाध्यायले अध्यक्ष विष्टलाई धन्यवाद दिए । विष्ट स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट विजयी भएका थिए।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार