बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • चीनमा अभिनेता केनु रिभ्सका फिल्मलाई प्रतिबन्ध
Breaking News

चीनमा अभिनेता केनु रिभ्सका फिल्मलाई प्रतिबन्ध

 

दलाई लामा फाउन्डेसनले आयोजना गरेको तिब्बतसम्बन्धी सांगीतिक कार्यक्रममा भाग लिएपछि हलिउड अभिनेता केनु रिभ्सविरुद्ध चीन आक्रोशित भएको छ । रोयटर्सका अनुसार चिनियाँ स्ट्रिमिङ प्लेटफर्म टेनसेन्ट भिडियो र आक्युवाइबाट रिभ्स अभिनित फिल्म हटाइएको छ भने चीनभित्रै उनका फिल्मलाई प्रतिबन्ध लगाइने जनाइएको छ ।

रिभ्स अभिनित स्पिडसहित म्याट्रिक्स र जोन विक सिरिजलाई प्लेटफर्मबाट हटाइएको छ भने उनका फिल्मलाई देशमा प्रदर्शन गर्न रोक लगाउन माग उठेको छ । लस एन्जल्स टाइम्सले टिनसेन्ट भिडियोबाट रिभ्सका १९ वटा फिल्म हटाइएको उल्लेख गरेको छ । मार्च ३ मा दलाई लामाको कन्सर्टमा भाग लिने खबर बाहिरिएपछि यसअघि जनवरी अन्त्यमा पनि चिनियाँ सामाजिक सञ्जालमा अभिनेता रिभ्सलाई चीनमा काम गर्न प्रतिबन्ध लगाउनुपर्ने आवाज उठेका थिए । कोभिड १९ का कारण रिभ्सले भर्चुअल रुपमा उक्त कन्सर्टमा भाग लिएका थिए भने भर्चुअल रुपमै उनीविरुद्ध आलोचना पनि भइरहेको छ । भारतमा आश्रय लिएका दलाई लामाले तिब्बतलाई विभाजन गर्न खोजेको र पान्चेन लामालाई आफ्ना उत्तराधिकारी घोषित गर्ने कार्यमा उनी जुटेको बेइजिङको आरोप छ । सन् १९५१ देखि चीनले तिब्बतमा शासन चलाउँदै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार