बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • स्थानीय तह चुनावका लागि दुई करोड थान मतपत्र छपाइ गर्ने
Breaking News

स्थानीय तह चुनावका लागि दुई करोड थान मतपत्र छपाइ गर्ने

 

निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि दुई करोड थान मतपत्र छपाइ गर्ने भएको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतदाता नामावलीमा सूचीकृत भएका झन्डै एक करोड ७७ लाख मतदाताका लागि यो सङ्ख्यामा मतपत्र छपाइ गरिने जानकारी दिए ।
‘आयोगले यही चैत १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गरेपछि मतपत्रको छपाइ सुरु हुन्छ, मतदाता सङ्ख्याको झन्डै १० देखि १५ प्रतिशत थप मतपत्र छाप्नुपर्छ’, नियमित्र पत्रकार सम्मेलन अन्तर्गत आज बिहीवार उनले भने, ‘विभिन्न जोखिमलाई ध्यान दिएर मतदाताको सङ्ख्याभन्दा बढी मतपत्र छाप्नुपर्ने अवस्था देखिएको हो । आयोगले झन्डै दुई करोड थान मतपत्र छाप्नुपर्ने आँकलन गरेको छ ।’ मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल भइरहेको आयोगले जनाएको छ । आयोगले दर्ता भएका दलमध्ये राष्ट्रिय मान्यता प्राप्त बाहेकका ७३ राजनीतिक दलले पेस गरेका आ–आफ्नो जिल्लास्तरको सङ्गठन संरचना जिल्ला समिति को विवरण छानबिनको काम भइरहेको जनाएको छ । आयोगले राष्ट्रिय मान्यता प्राप्त बाहेकका दललाई यही चैत ६ गतेसम्म स्थानीय तह निर्वाचन प्रयोजनका लागि सङ्गठन संरचना पेस गर्न अनुरोध गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार