शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा थाइल्यान्डसँगको खेलमा नेपाल पराजित
Breaking News

फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा थाइल्यान्डसँगको खेलमा नेपाल पराजित

 

 

 

 

 

 

 

 

 

फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा थाइल्यान्डसँगको खेलमा नेपाल पराजित भएको छ । चोनबरीमा भएको खेलमा नेपाल थाइल्यान्डसँग दुई–शून्य पराजित भएको हो । पहिलो हाफ बराबरीमा सकिएकोमा थाइल्यान्डले दुवै गोल दोस्रो हाफमा गरेको हो । थाइल्यान्डले खेलको ७७ औँ र ८८ औँ मिनेटमा गोल गर्‍यो । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले फिफा वरीयतामा आफूभन्दा माथि रहेको थाइल्यान्डसँग खेलेको हो । यसअघि नेपालसँग खेलका दुई खेलमा थाइल्यान्ड विजयी भएको थियो । यस्तै नेपालले थाइल्यान्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । यो खेल आइतवार हुनेछ । एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । थाइल्यान्ड फिफा वरीयताको ११२ औँ र नेपाल १६७ औँ स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार