बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • रुसले गरेको आक्रमणपछि युक्रेनका आधा बालबालिका विस्थापित
Breaking News

रुसले गरेको आक्रमणपछि युक्रेनका आधा बालबालिका विस्थापित

 

रुसले गरेको आक्रमणपछि युक्रेनका आधा बालबालिका विस्थापित भएका छन् । संयुक्त राष्ट्र सङ्घीय बाल कोष युनिसेफ का अनुसार युक्रेनका ७५ लाख जना बालबालिकामध्ये ४३ लाख जनाभन्दा धेरै युद्धका कारण घरबाट विस्थापित भएका हुन् । विस्थापितमध्ये १८ लाख बालबालिकाले देश नै छाड्नुपरेको र २५ लाख जना युक्रेनकै विभिन्न सहरमा रहेका युनिसेफलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले रुसले युक्रेनमा गरेको आक्रमणका कारण दोस्रो विश्व युद्धपछिकै सबैभन्दा धेरै बालबालिका विस्थापित भएको बताए । अहिलेसम्म ७८ जना बालबालिकाको ज्यान गएको, एक सय पाँच जना घाइते भएको र घरवारविहीन भएका बालबालिका सुरक्षाको खतरामा, भोकमरी, यौन दुर्व्यवहार र बेचबिखनको जोखिममा रहेका उनले बताए ।
युद्धका कारण विद्यालय र स्वास्थ्य संस्थामा क्षति पुग्दा बालबालिका आधारभूत स्वास्थ्य र शिक्षाबाट पनि वञ्चित भएका छन् । रुसी आक्रमणबाट अहिलेसम्म पाँच सयभन्दा धेरै शिक्षण संस्था ध्वस्त भएका छन् । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ ले युक्रेनका ६ देखि २३ महिना उमेर समूहका चार लाख ५० हजार जना बालबालिका पोषणयुक्त खानाबाट वञ्चित भएको, १४ लाख जनाले स्वच्छ खानेपानी नपाएको र ४६ लाख जना व्यक्ति पानीको सीमित पहुँचमा रहेको वा बन्द हुने अवस्थामा रहेको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार