बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • नेपालले फिफा वरीयतामा सुधार हुने गरी खेल्ने : अलमुताइ
Breaking News

नेपालले फिफा वरीयतामा सुधार हुने गरी खेल्ने : अलमुताइ

 

राष्ट्रिय फुटबल टाेलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले थाइल्यान्डसँगकाे मैत्रीपूर्ण फुटबलमा नेपालले फिफा वरीयतामा सुधार हुने गरी खेल्ने बताएका छन् ।अखिल नेपाल फुटबल सङ्घले आज आइतवार आयाेजना गरेकाे बिदाइ कार्यक्रममा उनले यस्ताे बताएका हुन् । ‘केही अनुभवी राष्ट्रिय खेलाडीविना नै हामीले तयारी गरेका छाैँ । फिफा वरीयतामा सुधार हुने गरी खेल्छाैँ । नेपालले इन्डोनेसिया र जोर्डन जत्तिकै बलियाे थाइल्यान्डसँग जित या बराबरीका लागि खेल्नेछ’, प्रशिक्षक अलमुताइरीले भने । एएफसी एसियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि एन्फाले आज आइतवार बिदाइ गरेको हाे । नेपाली टोलीले अन्तर्राष्ट्रिय भ्रमण गर्दा त्यहाँको राष्ट्रिय र शीर्ष डिभिजन क्लब चोनबुरीसँगको दुई मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपालले चैत १० गते थाइल्यान्डकाे राष्ट्रिय र चैत १३ गते एक शीर्ष क्लब चोनबुरीसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

राष्ट्रिय फुटबल टोलीको अनुभव अभिवृद्धिका लागि राष्ट्रिय टोलीले थाइल्यान्ड भ्रमण गर्न लागेको हो । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्प्यिन मच्छिन्द्रका खेलाडीविना नै मैत्रीपूर्ण खेलका लागि टोली बनाएका थिए । नेपाली टोलीले आउँदाे चैत १० गते थाइल्यान्डकाे राष्ट्रिय टोली र चैत १३ गते चोनबुरी एफसीसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दैछ । दुवै खेल चोनबुरीको मैदानमा हुँदैछन् । टोली भाेलि सोमवार थाइल्यान्ड जाँदैछ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार