शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • पिरको भिडियोबाट यौनकर्मीको दृश्य हटाईयो
Uncategorized

पिरको भिडियोबाट यौनकर्मीको दृश्य हटाईयो

गायक प्रकाश सपुतले आफ्नो हालै सार्वजनिक चर्चित गीत पिरको भिडियोबाट यौनकर्मीको दृश्य हटाएका छन् । अघिल्लो हप्ता सार्वजनिक उनको गीतमा माओवादी जनयुद्धमा सहभागी महिलाले यौन व्यवसाय गरेको आशय देखिने एउटा दृश्य समावेश थियो । गायक सपुतले शनिबार दिउँसो उक्त गीतको अर्को भिडियो अपलोड गरेका छन् । जसमा पुरानो भिडियोमा रहेको यौन व्यवसाय झल्किने दृश्य हटाइएको छ ।

सोही विषयलाई लिएर माओवादी केन्द्रका कतिपय नेता कार्यकर्ताले उक्त गीतको आलोचना गरेका थिए । माओवादीका केहि भ्रातृ संगठनहरुले जनयुद्धको अपमान गरेको भन्दै गीत हटाउन चेतावनी दिएका थिए । गायक प्रकाश सपुतले आफ्नो उद्देश्य जनयुद्धले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुन नसकेको देखाउन मात्र खोजेको प्रष्टीकरण दिएका थिए । र उनले कसैको भावनामा चोट पुगेको भए आफूले माफी माग्ने बताएका थिए ।

भिडिओको बारेमा बहस र विवाद भएपछि सपुतले अहिलेका परिवर्तन माओवादी आन्दोलनकै कारण आएको विषय भिडिओमा समेटिएको र केहिका दु : खलाई देखाउने प्रयास गरेको भन्दै राजनीतिकरण नगरिदिन आग्रह गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार