बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • नेपाल टेलिकमद्वारा डाटा र इन्टरनेटको शुल्क घटाउने तयारी
अर्थ

नेपाल टेलिकमद्वारा डाटा र इन्टरनेटको शुल्क घटाउने तयारी

नेपाल टेलिकमले डाटा र इन्टरनेटको शुल्क घटाउने तयारी गरेको छ । आज शुक्रवार काठमाण्डौमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिकमकी नायब प्रबन्ध निर्देशक संगीता पहाडीले नेपाल टेलिकमले डाटा र इन्टरनेटको शुल्क घटाउने तयारी गरिरहेको जानकारी दिईन । ब्यान्डविथको मूल्य नै महँगो पर्ने भएकाले फिक्स इन्टरनेटको मूल्य भने महँगो पर्न गएको उनले स्पष्ट पारीन। तर त्यसमा पनि पुनर्विचार गर्न आफूहरू तयार रहेको उनको भनाइ थियो । नायब प्रबन्ध निर्देशक पहाडीले वायरलेस डाटाको मूल्य भने कोभिडको कारणले पनि घटाउनुपरेको बताईन । कोभिडका कारण दुई वर्षको अवधिमा वायरलेस डाटाको मूल्य सय प्रतिशतबाट २५ प्रतिशतमा झारिएको उल्लेख गर्दै उनले त्यसलाई महँगो भन्न नमिल्ने तर्क गरीन । नायब प्रबन्ध निर्देशक पहाडीले भनिन, ‘प्याकेजमा नलिएको हुनाले पिक्स इन्टरनेटको मूल्य महँगो भनिएको हो कि रु नत्र भने मलाई लाग्छ– यो वायरलेस डाटाको शुल्क १०० प्रतिशतबाट २५ प्रतिशतमा झरिसकेको छ ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार