बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • केपी शर्मा ओली सरकारको पालामा नियुक्त ५२ संवैधानिक पदाधिकारीको संवैधानिक बैधतामाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु
Breaking News

केपी शर्मा ओली सरकारको पालामा नियुक्त ५२ संवैधानिक पदाधिकारीको संवैधानिक बैधतामाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु

केपी शर्मा ओली सरकारको पालामा नियुक्त ५२ संवैधानिक पदाधिकारीको संवैधानिक बैधतामाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासको अन्तरिम आदेशका कारण सर्वोच्चले ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्ध परेको मुद्दा अघि बढाउन सकेको थिएन । शुक्रबार संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइ थालेको छ । रिट निवेदकमध्येका एक अधिवक्ता ओमप्रकाश अर्यालले पटकपटक उस्तै अध्यादेश दोहोर्‍याएर जारी गरी संवैधानिक पदाधिकारी नियुक्ती गरिएको र तिनको संसदीय सुनुवाइ प्रक्रिया समेत छलिएकाले नियुक्ति बदर हुनुपर्ने माग गरे । धिवक्ता भिमार्जुन आचार्यले संविधानमा ‘केही गर्न आवश्यक परेमा’ अध्यादेश जारी गर्न सकिने व्यवस्था भए पनि अत्यावश्यकपनको पुष्टि हुनुपर्ने बताए । उनका अनुसार, विद्यमान ऐन नै संशोधन हुनेगरी अध्यादेश जारी गर्नु गलत हो । ‘संसदले कानून बनाएको विषयमा अध्यादेश जारी गर्न मिल्दैन’, उनले भने, ‘कृत्रिम रुपमा संसद अन्त्य गरेर अध्यादेश जारी गर्नु गलत हो ।’

वरिष्ठ अधिवक्ता शम्भु थापाले संविधानमा नै किटानी भएका संवैधानिक परिषदका सदस्यको अनुपस्थितिलाई अध्यादेशबाट वैधता दिन नसकिने बताए । उनले संविधानको धारा २८४ ले संवैधानिक परिषदका सदस्यहरुलाई ‘तिमी नआए पनि निर्णय हुन्छ’ भन्ने परिकल्पना नगरेकाले अत्यादेशले संविधानको व्यवस्था अतिक्रमण गर्न नसक्ने बताए । प्रारम्भिक सुनुवाइपछि संवैधानिक इजलासले कुनै आदेश दिएन । अन्तरिम आदेशका कारण सुनुवाइ अवरुद्ध गरेको अधिवक्ता डा। गणेश रेग्मीको निवेदनमाथि समेत कुनै आदेश गरेन । तर शुक्रबारदेखि सुरु भएको सुनुवाइ आगामी बुधबार ९९ चैत०मा पनि निरन्तर सुनुवाइ हुने आदेश गर्‍यो । त्यो दिन रिट निवेदकका तर्फबाट दुई पक्षले एक÷एक घण्टा पाउनेछन् भने समय नपुग्ने भएमा थप आधा(आधा घण्टा दिने भनी इजलासले आदेश गरेको छ । त्यसपछि मात्रै ५२ संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धको निवेदनमा सर्वोच्च अदालतले थप प्रक्रिया अघि बढाउनेछ ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार