बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • शुक्रबार रिलिज हुने फिल्म ‘बच्चन पाण्डे’ हेर्न नेपाली दर्शकलाई अभिनेता अक्षय कुमारद्वारा अपील
समाचार

शुक्रबार रिलिज हुने फिल्म ‘बच्चन पाण्डे’ हेर्न नेपाली दर्शकलाई अभिनेता अक्षय कुमारद्वारा अपील

पछिल्लो समय बलिउड कलाकारले नेपाली दर्शकलाई सम्बोधन गरेका भिडियो सार्वजनिक गर्न थालेका छन् । ती भिडियोमा उनीहरुले नेपालमा रिलिज हुन लागेका आफ्ना फिल्म हेर्न प्रशंसकलाई आग्रह गरिरहेका हुन्छन् । अभिनेता अक्षय कुमारले पनि भिडियो सन्देश जारी गर्दै शुक्रबार रिलिज हुने फिल्म ‘बच्चन पाण्डे’ हेर्न नेपाली दर्शकलाई अपील गरेका छन् । अक्षय भन्छन्– राम्रो व्यावसायिक फिल्म बनेको छ । तपाईंलाई मज्जा आउन सक्छ । साथी र परिवारसँग गएर फिल्म हेर्नुहोला ।’
अक्षय, कृति सेनन, ज्याकलिन फर्नान्डेज र अरसद वारसी स्टारर फिल्मलाई फरहाद सम्जीले निर्देशन गरेका हुन् । साजिद नाडियावालाको लेखन र निर्माण छ । सन् २०१४ को तमिल फिल्म ‘जिगरठन्डा’को रिमेक भनिएको यो फिल्म सन् २००६ को दक्षिण कोरियाली फिल्म ‘अ डर्टी कार्निभल’बाट समेत प्रभावित रहेको जनाइएको छ । बच्चन पाण्डेलाई नेपालमा एबी इन्टरनेसनलले वितरण गर्न लागेको हो । यसअघि शाहिद कपुरको जर्सीको नेपाल राइट समेत ल्याएको उक्त कम्पनीको सो फिल्म कोभिड महामारीले रोकिएको थियो । अभिनेत्री सनी लियोनीलाई समेत उक्त कम्पनीले नेपाल ल्याएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार