शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • नेपालमा २७ जनामा कोभिड–१९ कोरोना भाइरसको सङ्क्रमण पुष्टि
Breaking News

नेपालमा २७ जनामा कोभिड–१९ कोरोना भाइरसको सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा २७ जनामा कोभिड–१९ कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार सात सय ४७ जनाको नमुना परीक्षण गर्दा २७ जनामा मात्रै सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज परीक्षण गरिएकामध्ये शून्य दशमलव ५६ प्रतिशतमा मात्रै सङ्क्रमण देखिएको हो ।
यस्तै थप दुई सय २० जना निको भएका छन् । नेपालमा अहिले चार हजार तीन सय ७६ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । यस्तै थप एक लाख ४५ हजार नौ सय ८४ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार