शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
Breaking News

नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आज बुधवार बेलुकी बसेको निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरेको हो ।
यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १५ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर दुई सय अमेरिकी डलर वृद्धि भएको निगमले जनाएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । मूल्य वृद्धिसँगै काठमाण्डौ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ५५, डिजलरमट्टीतेलको मूल्य प्रतिलिटर एक सय ३८, हवाई इन्धन आन्तरिक को मूल्य प्रतिलिटर एक सय ५१ र हवाई इन्धन अन्तर्राष्ट्रिय को मूल्य तिलिटर अमेरिकी डलर १ दशमलव ४९५ पुगेको छ । मूल्य वृद्धि गर्दा पनि आउँदो १५ दिनमा झन्डै चार अर्ब ६६ करोड रुपैयाँ नोक्सानी हुने निगमले जनाएको छ । सञ्चित बचत सकिएको र घाटा उच्च भएकाले इन्डियन आयल कर्पोरेशन आईओसी लाई भुक्तानी गर्न रकमको अभाव भएको निगमले जनाएको छ । आईओसीलाई भुक्तानी गर्न नपुग रकम मूल्य स्थिरीकरण कोष तथा अन्य वित्तीय संस्थाबाट ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको निगमको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार