बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • फागु पर्वको अवसरमा नेपाल टेलिकमद्वारा अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध
अर्थ

फागु पर्वको अवसरमा नेपाल टेलिकमद्वारा अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध

फागु पर्वको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको छ । यो अफर भोलि अर्थात् चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ । यो अफर अन्तर्गत ६९ रुपैयाँमा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा, ९८ रुपैयाँमा ६ जीबी डाटा तीन दिन र दुई सय ९४ रुपैयाँमा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यो सुविधा खरिद गर्न सकिन्छ ।

फागु पूर्णिमा र चैते दशैँलाई समेत दृष्टिगत गरी ल्याइएको यो अफरको अवधि १५ दिनसम्म कायम रहने टेलिकमले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार