प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तहको चुनावमा उम्मेदवार छनोटको जिम्मेवारी तोकेको छ । आज मङ्गलवार बसेको सचिवालयको बैठकले उम्मेदवार छनोटको जिम्मेवारी र मापदण्ड तोकेको हो । जिल्ला कमिटीले वडाध्यक्ष र वडा सदस्यको उम्मेदवार छान्नेछ भने जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको उम्मेदवारको नाम टुङ्गो लगाउनेछ ।
यस्तै महानगरपालिका र उपमहानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार भने पार्टीको केन्द्रीय कमिटीले टुङ्गो लगाउने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानरी दिए ।
फेसबुक प्रतिक्रियाहरु