शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • सरकारद्वारा आज मङ्गलवार राति १२ बजेदेखि लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस
Breaking News

सरकारद्वारा आज मङ्गलवार राति १२ बजेदेखि लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस

 

सरकारले आज मङ्गलवार राति १२ बजेदेखि लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । चुनावी माहोलले गर्दा दलहरू गाउँ केन्द्रित भएको र एमालेको निरन्तरको अवरोधका कारण संसद् बैठक प्रभावकारी ढङ्गले सञ्चालन नभएको निष्कर्षसहित सरकारले अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । संसद्को चालु अधिवेशन गएको मङ्सिर २८ गते सुरु भएको थियो । यो अधिवेशनमा अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट पारित हुनुबाहेक अरू महत्त्वपूर्ण काम हुन सकेन ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार