बुधबार, भदौ १९, २०८१
  • होमपेज
  • काठमाडौं सुनचाँदी व्यवसायी संघको साधारणसभा भव्यताका साथ सम्पन्न
कर्पोरेट

काठमाडौं सुनचाँदी व्यवसायी संघको साधारणसभा भव्यताका साथ सम्पन्न

काठमाडौं । काठमाडौं सुनचाँदी व्यवसायी संघको १९ औं वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न भएको छ । शनिबार काठमाडौंमा संघका अध्यक्ष शुरेसमान शाक्यको सभापतित्वमा सो साधारणसभा सम्पन्न भएको हो ।

संघको साधारणसभामा प्रमुख अतिथिसमेत रहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलेले व्यवसायीका माग सम्बोधन गर्न आफू तयार रहेको बताए । उनले भने, ‘सुनचाँदी व्यवसायीलाई व्यवसाय सञ्चालनका लागि प्रष्ट कानुनको अभाव छ । तर पनि त्यसको व्यवस्थापनका लागि पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेछु ।’

उनले सुनचाँदीका नेपाली मौलिक गरगहना निर्यातको प्रचुर सम्भावना भए पनि त्यसअनुसार गरगहना निर्यात भएको नपाइएकोले यसतर्फ लाग्न उनले व्यवसायीहरुलाई आग्रह गरे ।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले व्यवसायीको हकहितका लागि विभिन्न विषयमा आफ्नो धारणा राखेका थिए । कच्चा सुनको आपूर्ति व्यवस्था प्रभावकारी बनाउन व्यवसायीहरुले गरेको आग्रहलाई सम्वोधन गर्दै उनले आवश्यकताअनुसार कच्चा पदार्थ आपूर्तिको सुनिश्चितताका लागि महासंघले पहल गरिरहेको बताए ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष महेन्द्ररत्न शाक्य, सचिव रोहिनादेखि शाक्य लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रम संयोजक रमेशमान शाक्यले सुनचाँदी व्यवसायीको हक हित तथा कानुन परिमार्जनका लागि सम्बन्धित सबै निकायलाई आग्रह गरेका थिए । व्यवसायीको हक हितमा काम गर्न महासंघ लागि परेको उनको धारणा थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार