बुधबार, भदौ २६, २०८१
  • होमपेज
  • बैंकहरुद्वारा कर्जा लगानी ठप्प
अर्थ

बैंकहरुद्वारा कर्जा लगानी ठप्प

 

लगानी योग्य रकम (तरलता) अभाव समस्या समाधान नभएपछि बैंकहरुले कर्जा लगानी ठप्प बनाएका छन् । पछिल्लो एक सातामा बैंकहरुको कर्जा लगानी एक अर्बले घटेको छ । अधिकांश बैंकहरु आफै कर्जा दिनै नसक्ने अवस्थामा पुगेका छन् भने थोरै दिन सक्ने बैंकहरुले समेत कर्जा लगानी रोकेका छन् । बैंकहरुले कर्जाको नयाँ निवेदन नै लिनछाडे पछि कर्जा लगानी घटेको छ ।

नयाँ लगानी रोकिएको र पुरानो थोरै उठेकाले एक सातामा एक अर्ब रुपैयाँले ऋण घटेको बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिए ।
उनका अनुसार २० फागुनसम्म २७ वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७० अर्ब रुपैयाँ थियो । २७ फागुनसम्म कर्जा लगानी घटेर ४१ खर्ब ६९ अर्ब रुपैयाँमा झरेको बैंकर्स संघले बताएको छ । कर्जा लगानी ठप्प हुँदा बैंकहरुको निक्षेपमा भने झिनो सुधार देखिएको छ ।
एक साताको अवधिमा जम्मा २ अर्ब रुपैयाँले मात्रै निक्षेप बढेको संघले जनाएको छ । संघले दिएको जानकारी अनुसार २० फागुनसम्म बैंकहरुमा ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप रहेकोमा २७ फागुसम्म बढेर ४३ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार