बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • गठबन्धनका दलहरू मिलेर नै चुनावमा जान्छौं : अध्यक्ष प्रचण्ड
Breaking News

गठबन्धनका दलहरू मिलेर नै चुनावमा जान्छौं : अध्यक्ष प्रचण्ड

कैलाली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षड्यन्त्र सुरु  भएको बताएका छन् ।

कैलालीको धनगढीमा आज सोमवार आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले नेकपा एमालेसँग पार्टी एकता गरेर गलत नगरेको बताउँदै पार्टी एकतापछि माओवादी आन्दोलनलाई समाप्त पार्न देशी–विदेशी शक्तिले षडयन्त्र सुरु गरेको बताए । उनले माओवादी जनयुद्धको बलमा प्राप्त सङ्घीय समानुपातिक उपलब्धिलाई उल्ट्याउने सेटिङअन्तर्गत षड्यन्त्र भएको बताउँदै केपी ओलीले ठूलो षडयन्त्रअन्तर्गत संसद् विघटन गरेको जिकिर गरे । उनले भने, ‘विदेशी शक्ति, न्यायालय र प्रतिक्रियावादीको सेटिङले माओवादी नेतृत्वलाई सिध्याउने डिजाइन गर्नका लागि गरिएको षडयन्त्र थियो ।’

लाखौँको सङ्ख्यामा जनता आँधीहुरी जस्तै ओइरिएपछि देशी–विदेशी सेटिङ असफल भएको उनको भनाइ थियो । अध्यक्ष दाहालले माओवादी केन्द्रको निर्णायक भूमिकाले प्रतिगमन परास्त भएको बताउँदै दोस्रो पटकसमेत प्रतिगमनकारीले संविधानमाथि प्रहार गरेर संसद् विघटन भएकाले आफूले गठबन्धन निर्माणको पहल गरेको बताए ।

चुनावमा एमालेसँग गठबन्धन गरेसँगै पार्टी एकता गरिएको बताउँदै उनले पार्टीलाई एकढिक्का बनाउन लड्दा लड्दै विभाजित हुन पुगेको बताए। ‘पहिलो जोड आफ्नै तागतले चुनाव जित्ने गरी जानुपर्छ भन्ने हो’, उनले भने, ‘तालमेलको सम्भावना भयो भने गठबन्धनका दलसँगको तालमेललाई नै प्राथमिकता दिएर जाने हो ।’

अध्यक्ष दाहालले गठबन्धन दलका शीर्ष नेतृत्वले गठबन्धनलाई तीनै तहको चुनावसम्म अगाडि लिएर जाने कुरामा द्विविधामा नहरेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार