बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • रुस र युक्रेनबीच चौथो चरणको शान्तिवार्ता सुरु
Breaking News

रुस र युक्रेनबीच चौथो चरणको शान्तिवार्ता सुरु

 

रुस र युक्रेनबीच चौथो चरणको शान्तिवार्ता सुरु भएको छ । दुवै देशबीच भर्चुअल माध्यमबाट वार्ता भइरहेको बीबीसीले जनाएको छ । युक्रेनका वार्ता टोलीका एक सदस्य मिखाइलो पोडोल्याकले वार्तास्थलबाट एउटा तस्बिर सार्वजनिक गदै चौथो चरणको वार्तामा प्रवेश गरेको र दुवै पक्षले आफ्नो अडान कायमै राखेको बताएको बीबीसीले जनाएको छ । आजको वार्ता युद्धविराम, रुसी सेना फिर्ता र युक्रेनको सुरक्षा प्रत्याभूतिमा केन्द्रित हुने उनले बताएका छन् ।

यसैबीच रुसले चीनसँग सैन्य सहयोग मागेको भन्ने अमेरिकी दाबीको चीनले खण्डन गरेको छ । बेइजिङमा भएको पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले रुस–युक्रेनको लडाइँमा चीनको भूमिकाबारे अमेरिकाले गलत नियत राखेर भ्रम फैलाइरहेको आरोप लगाए। अमेरिकाले युद्धका लागि रुसले चीनसँग सहयोग मागेको भन्दै रुसलाई सहयोग गरे चीनले कठोर परिणाम भोग्नुपर्ने चेतावनी दिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार