सोमवार, भदौ ३१, २०८१
  • होमपेज
  • पछिल्लो २४ घण्टामा ६५ जनामा कोरोना  भाइरसको सङ्क्रमण पुष्टि
Breaking News

पछिल्लो २४ घण्टामा ६५ जनामा कोरोना  भाइरसको सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा ६५ जनामा कोरोना  भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी  सात हजार नौ सय ४७ जनाको नमुना परीक्षण गर्दा ६५ जनामा  सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा एक सय ९२ जना कोरोना सङ्क्रमित निको भएका छन् । अब नेपालमा चार हजार नौ सय १७ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । यही अवधिमा काेराेना सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या शून्यमा झरेकाे छ ।

यसैबीच २४ घण्टामा ८८ हजार चार सय ८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार