बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • नेपालले श्रीलङ्का पुलिसलाई १ सय ४४ रनले हरायो
Breaking News

नेपालले श्रीलङ्का पुलिसलाई १ सय ४४ रनले हरायो

 

श्रीलङ्कामा भइरहेको तेस्रो अभ्यास खेलमा पनि नेपाली राष्ट्रिय क्रिकेट टोली विजयी भएको छ । आज बिहीवार कोलम्बोमा भएको खेलमा नेपालले श्रीलङ्का पुलिसलाई एक सय ४४ रनले हरायो । नेपालले दिएको तीन सय ३२ रनको लक्ष्य पछ्याएको श्रीलङ्का पुलिस ३६ ओभर पाँच बलमा एक सय ८७ रन बनाउँदा अलआउट भयो । बलिङतर्फ नेपालका करण केसीले चार तथा सागर ढकाल र सन्दीप लामिछानले दुई–दुई विकेट लिए । यस्तै कमलसिंह ऐरीले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सात विकेट गुमाएर तीन सय ३१ रन बनायो । नेपालका चार जना खेलाडीले अर्धशतक बनाए । कुशल भुर्तेलले ५७, आशिफ शेखले ५२, रोहितकुमार पौडेलले ७२ र करण केसीले नटआउट ५३ रन बनाए । कमलसिंह ऐरी ४५ रनमा नटआउट रहे भने आरिफ शेखले ३५, विनोद भण्डारी र पवन सर्राफले तीन–तीन तथा भीम सार्कीले दुई रन बनाए । नेपालले यसअघि भएका दुई वटै खेलमा श्रीलङ्का नेभीलाई हराएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार