बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा रोगको निःशुल्क पीसीआर परीक्षण सुरु
Breaking News

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा रोगको निःशुल्क पीसीआर परीक्षण सुरु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिका, डेङ्गी र चिकनगुनिया रोगको निःशुल्क पीसीआर परीक्षण सुरु गरेको छ । यी रोगको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क पीसीआर परीक्षण सुरु गरेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । उनले लक्षण देखिएका व्यक्तिलाई परीक्षण गराउन आग्रह पनि गरे ।
विदेशबाट आएका, लक्षण भएका बिरामी र डाक्टरले सिफारिस गरेपछि निःशुल्क पीसीआर परीक्षण गर्ने गरेको प्रयोगशालाका प्रवक्ता राजेश गुप्ताले बताए । तीन वटै रोग लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । यी रोगमा एक्कासी ज्वरो आउने, थकाइ महसुस हुने, अत्यधिक जोर्नी दुख्ने, वाकवाकी लाग्ने तथा टाउको, मांसपेशी दुख्ने जस्ता लक्षण देखिने गर्दछन् । अब लामखुट्टेको जोखिम बढ्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार