आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • सबैलाई चुनावमा सहभागी हुन महामन्त्री शर्माद्वारा आग्रह
Breaking News

सबैलाई चुनावमा सहभागी हुन महामन्त्री शर्माद्वारा आग्रह

 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विभाजित कम्युनिस्ट पार्टी हरियो रङ्ग देख्दा नै तर्सिन थालेको बताएका छन् । केन्द्रीय कार्यालयमा आज बुधवार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री शर्माले हरियो रङ्ग देख्दैमा तर्सिनुपर्ने अवस्था नरहेको बताए । ‘पहिलो साउनमा के भएकोले हरियो देख्छ भन्थे, अहिले चाहिँ विभाजित भएको कम्युनिस्ट पार्टी हरियो रङ्ग देख्दा तर्सिन्छौँ भनिरहेको छ । चुनावमा कसैले तर्सिनुपर्दैन, हामी स्वास्थ प्रतिस्पर्धामा जाने हो’, उनले भने ।
यस्तै महामन्त्री शर्माले सबैलाई चुनावमा सहभागी हुन आग्रह गरिएको र चुनावमा जित्ने भन्दै गर्दा मर्यादित ढङ्गले अघि बढ्ने बताए । निर्वाचन आयोगले आउँदो चुनावमा मतपत्रको रङ्ग हरियो राख्न लागेकोप्रति आपत्ति जनाउँदै हिजो मङ्गलवार एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुख देख्न सजिलो होस् भनेर हरियो रङ्ग राख्न लागेको प्रतिक्रिया दिएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार