शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • पछिल्लो २४ घण्टामा देशभर दुई सय २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि
Breaking News

पछिल्लो २४ घण्टामा देशभर दुई सय २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर दुई सय २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १० हजार ९२ जनाको नमुना परीक्षण गर्दा दुई सय २४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई सय ५१ जना सङ्क्रमित निको भएका छन् । यही अवधिमा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा पाँच हजार ६ सय ९२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा ९६ हजार ८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार