शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • छोरा र छोरीमा विभेद नगर्न अध्यक्ष ओलीद्वारा आग्रह
Breaking News

छोरा र छोरीमा विभेद नगर्न अध्यक्ष ओलीद्वारा आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक व्यक्तिको पहिलो शिक्षक आमा भएको बताउँदै महिला शिक्षामा जोड दिनुपर्ने बताएका छन् । अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा अखिल नेपाल महिला संघले मंगलबार काठमाडौंमा गरिएको कार्यक्रममा बोल्दै उनले महिलाहरु शसक्त हुँदै गएको बताए । कार्यक्रममा बोल्दै छोरा र छोरीमा विभेद नगर्न आग्रह गर्दै उनले बढ्ता भाग्यमानीले छोरी पाउने बताए । उनले छोरीले हेला होचाइका साथ हुर्किनु नपरोस् भन्दै महिलाहरुलाई अघि बढाउन सरकारले विशेष नीति बनाउनुपर्ने बताए । उनले छोरीहरू पढाईमा अब्बल हुने र लोकसेवा टप्नेमा महिला धेरै भएको बताए ।
शारिरिक रुपमा पुरुषजति बराबर हुन नसकेपनि बौद्धिक रुपमा महिलापनि पुरुषभन्दा अगाडि रहेको ओलीको भनाइ छ । उनले महिला पीडित हुने विषयलाई गम्भीर रुपमा लिएको बताउँदै गत वर्ष एसिड आक्रमणका सन्र्दभमा कडा खालको कानुन ल्याएको उल्लेख गरे । मनुस्मृतिमा महिला बिरुद्ध भएका कुरा पछि पण्डितहरूले ४ सय श्लोक थपेर विकृत बनाईदिएको उनको दावी छ । मनुस्मृतिमा ४ सय नचाहिने श्लोक घुसाएर मनुस्मृतिको बदनाम गरिएको उनले बताए । बालक हुँदा बावुको संरक्षणमा, युवा हुँदा पतिको संरक्षणमा र बुढो भएपछि सन्तानको संरक्षणमा रहने भनेर मनुस्मृतिमा पछि थपिएको बताउदै महिला हरेक कुरामा सक्षम रहेको उल्लेख गरे । उनले महिला शिक्षालाई व्यापक बनाउनुपर्ने बताउदै छोरा र छोरीमा अझै विभेद रहेको बताए । उनले राजनीतिमा महिला सहभागिता ३३ प्रतिशत पु¥याएको बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार