शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • पछिल्लो २४ घण्टामा थप १९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
Breaking News

पछिल्लो २४ घण्टामा थप १९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र २ हजार ७५६ जनाको एन्टीजेन परीक्षण गर्दा १२० जना गरी १९४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ३४८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ५ हजार ८७५ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५ हजार ७५४ जना होम आइसोलेसनमा रहेका छन् भने १३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४२ जना आईसीयू र ५ जना भेन्टिलेटरमा उपचाररत् छन् । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ३२८ जना पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९४९ जना पुगेको छ भने ९ लाख ५९ हजार ८१७ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै १० वर्ष मुनिका २ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३ जना कोरोना संक्रमित थपिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार