शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • महिलाहरूले ५० प्रतिशत अधिकार प्राप्ति गर्नका लागि आन्दोलन गर्नुपर्छ : मन्त्री भुसालल
Breaking News

महिलाहरूले ५० प्रतिशत अधिकार प्राप्ति गर्नका लागि आन्दोलन गर्नुपर्छ : मन्त्री भुसालल

 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले महिलाहरू ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनुपर्ने बताएकी छन् । आज मङ्गलवार एक सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भुसालले महिलाले पाएको ३३ प्रतिशत अधिकारलाई लागू गर्दै बाँकी रहेको १७ प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनुपर्ने बताईन् । उनले महिलाहरूले राजनीतिक, संवैधानिक र कानुनी रूपमा अधिकार पाए पनि व्यावहारिक रूपमा अधिकारको प्रत्याभूति हुन नसकेको बताईन् । छोरीहरूलाई छोरा सरह पैतृक सम्पत्तिमा अधिकार दिने कुरा संविधान र कानुनमा उल्लेख गरिएको भए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको उनले बताईन् ।
कानुनमा पाएका अधिकारलाई जीवन र व्यवहारमा लागू गर्नुपर्नेमा मन्त्री भुसालको जोड छ । उनले भन्छीन् ‘हामी ३३ प्रतिशत भन्दै र कतिपय कुरामा हामी ५० प्रतिशतको कुरा गर्दै आज महिला राष्ट्रपतिसम्म बनाउने ठाउँमा पुगेका छौँ । तर के सबैले त्यही बराबर अधिकार पाएका छन् त ? यसैले प्राप्त भएका अधिकारलाई सबै क्षेत्रमा हामीले हुबहु ढङ्गले, संवैधानिक, कानुनी र राजनीतिक ढङ्गले प्राप्त गरेको अधिकारको कार्यान्वयन गर्ने कुरा छ भने प्राप्त नगरेका कुराका निम्ति चाहिँ हामीले थप आन्दोलित हुन आजको दिनले ऊर्जा दिनुपर्दछ । ३३ प्रतिशत महिला भनेपछि को हो त १७ प्रतिशत ? त्यो अधिकार महिलाले पाउन नपर्ने ? या त सक्षम भएर अब चाहिन्न भनौँ या त ती १७ प्रतिशत महिला पनि अवसर र अधिकारबाट बञ्चित हुनु हुन्न । त्यसैले ३३ को लागू गरेर १७ को अधिकारको प्राप्ति अबको आन्दोलनको एजेन्डा हुनुपर्दछ ।’ मन्त्री भुसालले अझै पनि महिलामाथि हत्या, हिंसा र बलात्कारका घटनाहरू घट्नु चुनौतीको विषय भएको बताईन् ।

यस्तैगरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकै अवसर पारेर ललितपुर महानगरपालिका, नेपाल साइकल सोसाइटी र रोटरी क्लव अफ पाटनले साइकल र्‍याली गरेका छन् । विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट टाँसेर कुदेका साइकलले पाटन नगर परिक्रमा गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार