मङ्लबार, पुस ९, २०८१
  • होमपेज
  • अफगानिस्तान सन् २०२१ मा आतङ्कवादबाट प्रभावित देशहरूको सूचीको शीर्ष स्थानमा
Breaking News

अफगानिस्तान सन् २०२१ मा आतङ्कवादबाट प्रभावित देशहरूको सूचीको शीर्ष स्थानमा

 

अफगानिस्तान सन् २०२१ मा आतङ्कवादबाट प्रभावित देशहरूको सूचीको शीर्ष स्थानमा परेको छ । स्थानीय मिडियाले अर्थशास्त्र र शान्ति संस्थान (आईईपी) द्वारा प्रकाशित ग्लोबल आतङ्कवाद सूचकाङ्कलाई उद्धृत गर्दै यो कुरा जनाएका छन् । अफगानिस्तानमा सन् २०२१ मा आतङ्कवादबाट एक हजार चार सय २६ जनाको ज्यान गएको छ, यो विश्वको कुल सङ्ख्याको २० प्रतिशत हो । आईईपी प्रतिवेदनअनुसार अफगानिस्तानमा आतङ्कवादी घटनाहरूमा कम्तीमा हुई हजार एक सय ९९ जना घाइते भएका छन् भने ९१ जना बन्धक पारिएका छन् ।
अफगानिस्तान सन् २०२१ मा आतङ्कवादबाट प्रभावित देशहरूको सूचीको शीर्ष स्थानमा परेको छ । स्थानीय मिडियाले अर्थशास्त्र र शान्ति संस्थान (आईईपी) द्वारा प्रकाशित ग्लोबल आतङ्कवाद सूचकाङ्कलाई उद्धृत गर्दै यो कुरा जनाएका छन् । अफगानिस्तानमा सन् २०२१ मा आतङ्कवादबाट एक हजार चार सय २६ जनाको ज्यान गएको छ, यो विश्वको कुल सङ्ख्याको २० प्रतिशत हो । आईईपी प्रतिवेदनअनुसार अफगानिस्तानमा आतङ्कवादी घटनाहरूमा कम्तीमा हुई हजार एक सय ९९ जना घाइते भएका छन् भने ९१ जना बन्धक पारिएका छन् ।यी पीडितहरूमध्ये आधाभन्दा बढी नागरिकहरू रहेका थिए जसमा काबुलमा भएको सन् २०२१ को आक्रमणमा परेका थिए । दाएस समूहले काबुल अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुई वटा आत्मघाती बम विस्फोट गराएको थियो जसमा एक सय ७० जना मारिएका थिए भने अन्य थुप्रै घाइते भएका थिए ।अफगानिस्तानपछि इराक र पाकिस्तानमा सबैभन्दा धेरै आतङ्कवादी आक्रमण गरिएका प्रतिवेदन सार्वजनिक भएका थिए ।
यसैबीच अगस्टको मध्यमा अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि आर्थिक अस्तव्यस्तता र गम्भीर मानवीय सङ्कट निम्तिएको छ । संयुक्त राष्ट्र सङ्घका अनुसार अफगानिस्तानमा दुई करोड ४० लाख जनाभन्दा बढी मानिसलाई मानवीय सहायता आवश्यक छ । यी पीडितहरूमध्ये आधाभन्दा बढी नागरिकहरू रहेका थिए जसमा काबुलमा भएको सन् २०२१ को आक्रमणमा परेका थिए । दाएस समूहले काबुल अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुई वटा आत्मघाती बम विस्फोट गराएको थियो जसमा एक सय ७० जना मारिएका थिए भने अन्य थुप्रै घाइते भएका थिए । अफगानिस्तानपछि इराक र पाकिस्तानमा सबैभन्दा धेरै आतङ्कवादी आक्रमण गरिएका प्रतिवेदन सार्वजनिक भएका थिए ।
यसैबीच अगस्टको मध्यमा अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि आर्थिक अस्तव्यस्तता र गम्भीर मानवीय सङ्कट निम्तिएको छ । संयुक्त राष्ट्र सङ्घका अनुसार अफगानिस्तानमा दुई करोड ४० लाख जनाभन्दा बढी मानिसलाई मानवीय सहायता आवश्यक छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार