शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • सात जना युक्रेनी फिल्ममेकरद्वारा राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह
Breaking News

सात जना युक्रेनी फिल्ममेकरद्वारा राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

सात जना युक्रेनी फिल्ममेकरले युक्रेनमाथिको आक्रमणविरुद्ध रुसलाई एक्ल्याउन र राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । रुसी आक्रमण भइरहेको किभबाट हलिउड रिपोर्टरसँग कुरा गर्दै ती फिल्म निर्देशकले रुसविरुद्ध एक हुन आग्रह गरेका हुन् । यस्तो आग्रह गर्नेमा निर्देशकहरु मार्याना गोर्वाच, नरिमान एलिएभ, भ्यालेन्टिन भास्यानोभिक, एन्टोनियो लुकिच, रोमन बोन्डारचक, एलिना गोरलोभा र डार्या बसेल छन् ।लुकिचले युद्ध क्षेत्रबाट आफ्नो परिवारलाई उद्धार गर्ने क्रममा केही फुटेज र सामग्रीलाई त्यहीं छाडेको बताएका छन् । ‘हामीले दुई वर्षदेखि प्रोजेक्टको लागि काम गर्दै आइरहेका थियौं । हामीले किभ, लुब्नी र लक्जेम्बर्गमा सकेसम्म राम्रोसँग सुटिङ गर्‍यौं । मैले सुटिङको त्यो फुटेजलाई सुरक्षित ठाउँसम्म लैजान सकिनँ ।’ रुसी आक्रमणमा ती फुटेजहरु ध्वस्त नहुने आशा आफूले राखेको उनले बताए । ‘मेरो लागि अहिले फिल्मभन्दा अरु कुराले अर्थ राख्छ,’ हलिउड रिपोर्टरसँग उनले भने । उनले रुसी फिल्म र संस्कृतिलाई पूर्णरुपमा बहिष्कार गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह समेत गरे । कान्समा प्रदर्शन भएको सन् २०१९ को फिल्म ‘होमवार्ड’ निर्देशक समेत रहेका एलिभले मस्को समर्थक प्रपोगान्डा संस्कृति रुसले युक्रेनमा प्रहार गरिरहेका बमभन्दा खतरनाक भएको बताए ।

उनले लेखेका छन्, ‘यतिबेला रुसी फिल्म र संस्कृतिलाई बहिष्कार गर्नु भनेको कट्टरपन्थी राज्यबाट प्रपोगान्डाको विश्वलाई सफाया गर्नु हो ।’ युरोपेली फिल्म एकेडेमीले पनि गत साता रुसी फिल्मलाई बहिष्कार गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको थियो । एकेडेमीको उक्त आग्रहलाई प्रतिष्ठित फेस्टिभलहरु कान्स र भेनिसले पनि पछ्याएका छन् । यी दुवै फिल्म फेस्टिभलले रुसी डेलिगेसन र फिल्मलाई अस्वीकार गर्ने समेत निर्णय गरेका छन् ।नेटफ्ल्क्सिसहित हलिउड स्टुडियोहरु डिज्नी, सोनी, प्यारामाउन्ट, युनिभर्सल, वार्नर ब्रोजले पनि रुसमा फिल्म प्रदर्शन नगर्ने निर्णय गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार