शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • २८ फागुनदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने
Breaking News

२८ फागुनदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने

 

आगामी २८ फागुनदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिने छ । हात्तीपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउन लागिएको महाशाखाका प्रमुख डा.चुम्बनलाल दासले जानकारी दिए ।
‘५ जिल्लामा पहिला चलाएको औषधिले पनि रोग निवारण नभएको देखियो,’ डा.दासले भने,’ अहिले अर्को थप औषधि दिने लागेका हौं ।’ उनका अनुसार यसअघि प्रयोग भइरहेका औषधिहरु डाइथाइलकार्बामाजिन १०० एमजी र ४०० एमजीको अल्बेन्डाजोल हो ।डा.दासका अनुसार ५ जिल्लामा भने यो औषधिसँगै आइभरमेक्टिन नामक औषधि पनि थप गरिएको हो । आइभरमेक्टिन औषधि लुतोको उपचारमा पनि प्रयोग गरिन्छ । महाशाखाका अनुसार तीन प्रकारका औषधि प्रयोग गरिने पाँच जिल्लामा मोरङ, कपिलबस्तु, दाङ, बाँके र कैलाली रहेका छन् । । ‘यी जिल्लामा यसभन्दा अगाडि डाइथाइलकार्बामाजिन प्रयोग गरिएको थियो । तर, रोग निवारण हुन सकेन त्यसकारण हामीले यसपटक आइभरमेक्टिन औषधि थप गरिएका छौं,’ डा.दासले भने ।

यस्तैगरी, दुई प्रकारका औषधि प्रयोग गरिने झापा, बारा, लमजुङ, पर्वत र बागलुङमा डाइथाइलकार्बामाजिन १०० एमजी औषधि दिइने छ ।१० जिल्लामा करिब ६२ लाख ६३ हजार मानिसलाई औषधि दिइने छ । औषधि सेवन कार्यक्रममा ४ हजार ७ सय र ८ हजार ८०० महिला स्वास्थ्य स्वंयसेविका परिचालन हुनेछन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार