बुधबार, भदौ २६, २०८१
  • होमपेज
  • चैनपुरमा जेष्ठ नागरिक लक्षित निःशुल्क दन्त शिविर सञ्चालन
Breaking News

चैनपुरमा जेष्ठ नागरिक लक्षित निःशुल्क दन्त शिविर सञ्चालन

आजदेखि बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा जेष्ठ नागरिक लक्षित निःशुल्क दन्त शिविर सञ्चालन गरिएको छ । जिल्लामा आजबाट निःशुल्क सञ्चालन गरिएको दन्त शिविरमा नि:शुल्क कृतिम दाँत लगाउने एवं निकाल्ने गरि शिविर सञ्चालन गरिएको हो ।
शिविरमा निःशुल्क कृतिम दाँत बनाउने करिब ३० जना विशेषज्ञ चिकित्सकको टोली बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा पुगेको छ । उक्त शिविर जेष्ठ नागरिक लक्षित गरी नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले सञ्चालन गरेको डा. कुम्भ जोशीले बताए ।

जेष्ठ नागरिकहरुको सहजताका लागि सञ्चालन गरिएको शिविरमा दाँत नभएका तथा दाँत खसेका जेष्ठ नागरिकाले सेवा प्राप्त गर्नेछन् ।
त्यसै गरी जेष्ठ नागरिक बाहकेका व्यक्तिको पनि दाँतमा समस्या भएमा वा दाँत नभएको खण्डमा उनीहरुलाई पनि सेवा दिइने डा. जोशीले बताए । शिविर फागुन २६ गतेसम्म सञ्चालन हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार