बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घद्वारा सार्वजनिक यातायातको भाडा आफैँले बढाउने चेतावनी
Breaking News

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घद्वारा सार्वजनिक यातायातको भाडा आफैँले बढाउने चेतावनी

 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक यातायातको भाडा आफैँले बढाउने चेतावनी सरकारलाई दिएको छ । महासङ्घका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि पटक–पटक हुँदा पनि सरकारले सार्वजनिक यातायातको भाडा नबढाएको भन्दै व्यवसायी आफैँले बढाउने चेतावनी दिए । सरकारले पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवसायीले सार्वजनिक सवारीको भाडा दर समायोजन गर्न सरकारलाई दबाब दिँदै आएको छ । महासङ्घका महासचिव सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएअनुसार सार्वजनिक यातायातको भाडा समायोजन नगरे व्यवसायी आफैँले भाडा समायोजन गर्ने बताए । उनले महासङ्घको बैठक बसेर यही फागुन २५ गतेसम्म सरकारले नयाँ भाडा समायोजन नगरे व्यवसायी आफैँले भाडा बढाउने निर्णय गरिसकेको जानकारी दिए । यातायात व्यवसायीहरूले सरकारलाई भाडा समायोजन तथा मूल्य वृद्धि गर्न बारम्बार निवेदन गरे पनि सरकारले बेवास्ता गरिरहेको महासचिव सिटौलाको भनाइ छ । उनले २५ गतेभित्र सार्वजनिक यातायातको वैज्ञानिक भाडा दर समायोजन नगरे सवारीसाधन चल्न नसक्ने बताए । सिटौलाले सरकारले यातायात व्यवसायीहरूको मागको सुनुवाइसमेत नगरि नतमस्तक भएर बसेको तर्क गरे ।

उनले भने, ‘सरकारले सार्वजनिक सवारीसाधनलाई सहुलियत दिएको छैन । सरकार नतमस्तक भएर बसेको छ । राजनीतिक दलहरू आफ्नै काममा लाग्नुभएको छ । तल्लो वर्गका जनताले उपयोग गर्ने यातायात क्षेत्र ध्वस्त भएको छ । ठूलो अुमानित १० अर्ब रुपैयाँ लगानी भएको र १२ लाख नेपाली जनताले रोजगारी पाएको क्षेत्र ध्वस्त भएको छ । फागुन २५ गतेसम्म पछिल्लो समय निरन्तर रूपमा बढेको मूल्य वृद्धिलाई फिर्ता गर्न र विकल्प खोज्न सरकारलाई निवेदन गरेका छौँ । सरकारलाई निवेदन गर्दा पनि सरकारको प्रतिक्रिया आएको छैन । यदि हाम्रो माग सम्बोधन भएन भने सरकारले तोकेको वैज्ञानिक भाडा दरअनुसार आफैँले नयाँ भाडा समायोजन गरेर जान्छौँ ।’ पेट्रोलियम पदार्थको मूल्य वृद्धिको कारण धेरै व्यवसायीहरूले मालवाहक सवारीसाधन ग्यारेजमा थन्काएर राख्न थालेको महासचिव सिटौलाले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार