बुधबार, भदौ २६, २०८१
  • होमपेज
  • वर्तमान गठबन्धन सरकार निकम्मा सरकार : उपाध्यक्ष ज्ञवाली
Breaking News

वर्तमान गठबन्धन सरकार निकम्मा सरकार : उपाध्यक्ष ज्ञवाली

नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले वर्तमान गठबन्धन सरकार निकम्मा सरकार भएको बताएका छन्। शनिबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उपाध्यक्ष ज्ञवालीले यस्तो बताएका हुन्। अर्थतन्त्र डामाडोलदेखि देशका हितविपरीत काम बाहेक अरू केही गर्न नसकेको उपाध्यक्ष ज्ञवालीले बताएका छन् । अर्को प्रसंगमा उपाध्यक्ष ज्ञवालीले माधव नेपालले एमाले पार्टी छाड्ने कुरा आफूले सोच्नै नसकेको बताए।
१५ वर्ष एमाले पार्टी हाँकेका नेता नेपालले पार्टी छोड्लान् भन्ने कुनै कल्पना समेत नगरेको उनको धारणा थियो। पार्टी फुटाएर कुनै हित नहुने हुँदा अब व्यक्तिको पछि हैन नीति र सिद्धान्तको पछि लाग्न आम कार्यकर्तालाई उनले आग्रह गरे । अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै नेता ज्ञवालीले भने, ‘एमसिसीमा अब विवाद गरेर केही काम नभएको र एमसिसीमा आएको पैसालाई सदुपयोग गर्नु नै मुख्य काम हो।’ कार्यकर्ता भेटघाट कार्यक्रम नेकपा एमाले चन्द्रपुर नगर कमिटीको आयोजनामा भएको थियो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार