बुधबार, भदौ २६, २०८१
  • होमपेज
  • पेट्रोलियम पदार्थ ढुवानी गर्ने साधनको भाडा बढाउन व्यवासयीहरुको माग
Breaking News

पेट्रोलियम पदार्थ ढुवानी गर्ने साधनको भाडा बढाउन व्यवासयीहरुको माग

इन्धनमा भएको मूल्य वृद्धिअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने साधनको भाडा बढाउन व्यवासयीहरुले माग गरेका छन् । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो । सरकारले १ साउनमा लागू गरेको वैज्ञानिक भाडादर अनुसार नै भाडा कायम गर्न समितिले १५ दिनको म्याद दिएको छ । आफूहरुको माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।
निगमबाट पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको अनुपातमा ढुवानी भाडा कायम हुनुपर्ने समितिका अध्यक्ष एवं नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष कुसप्रसाद मल्लीले बताए । १५ दिन भित्र माग सम्बोधन नभए आन्दोलमा गर्न बाध्य हुने उनको भनाइ छ ।पेट्रोलियम ऐन बनाई लागू गरिनुपर्ने, निगमको एलपीजी विनियमावली, बिक्रेता विनियमावली तथा ढुवानी नियमावली सम्बन्धित व्यवसायी संस्थाको सुझाव परिमार्जनसहित संशोधन गर्नुपर्ने उनले बताए

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार