बिहिबार, भदौ २०, २०८१
  • होमपेज
  • न्युरोड टिम एनआरटी, पाँचौँ खप्तड गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरियो
समाचार

न्युरोड टिम एनआरटी, पाँचौँ खप्तड गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरियो

न्युरोड टिम एनआरटी, पाँचौँ खप्तड गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । कैलालीको धनगढी रङ्गशालामा आज वाग्मती युथ क्लबसँग पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित भएपछि एनआरटी बाहिरिएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा वाग्मतीका अमूल श्रेष्ठ, विजय घलान, हिमाल घलान र अनिल राना मगरले गोल गरे भने एनआरटीका शिव गुरुङ, दिपेश घले र मेसुके ओलोमोउले गोल गरे । यस जितसँगै वाग्मती क्वाटर फाइनलमा पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार