बिहिबार, भदौ २०, २०८१
  • होमपेज
  • सार्वजनिक लेखा समितिद्वारा आफनो २१औँ वार्षिक प्रतिवेदन पारित
समाचार

सार्वजनिक लेखा समितिद्वारा आफनो २१औँ वार्षिक प्रतिवेदन पारित

सार्वजनिक लेखा समितिले आफनो २१औँ वार्षिक प्रतिवेदन पारित गरेको छ । सभापति भरतकुमार शाहले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन समितिको आजको बैठकले सर्वसम्मतिले पारित गरेको हो । समितिले वर्षभरि गरेको काम कारबाहीको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले तयार गरिएको मस्यौदा प्रतिवेदनमाथि छलफल भइ पारित भएको समिति सचिव डा.रोजनाथ पाण्डले जानकारी दिए । उनले भने, ’बेरुजु फर्स्योट गर्ने सन्दर्भमा गठन भएका नौ उपसमितिले गरेका काम प्रतिवेदनमा समावेश छ, समसामयिक निर्णय, राष्ट्रिय गौरवका आयोजनाको निरीक्षणपछि तयार गरिएको अध्ययन प्रतिवेदनलाई पनि समेटिएको छ ।’
मन्त्रालय र केन्द्रीय निकायमा रहेको बेरुजु किनारा लगाउन गरिएको प्रयास, बेरुजुका सम्बन्धमा उठेका विषय, असुल उपर गर्नुपर्ने रकम, आर्थिकरूपले वित्तीय व्यवस्थापनका सवालमा नीतिगत निर्णय गर्न चालिनु पर्ने कदमकासहितका सुझाव प्रतिवेदनमा समावेश छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार