बुधबार, भदौ २६, २०८१
  • होमपेज
  • अध्यक्ष प्रचण्ड र मबीच छलफल भइरहेको छ : नारायणकाजी श्रेष्ठ
Breaking News

अध्यक्ष प्रचण्ड र मबीच छलफल भइरहेको छ : नारायणकाजी श्रेष्ठ

 

 नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचमा छलफल चलिरहेको बताए । आज बिहीवार बेलुकी सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएकाहुन् । पार्टीभित्र देखिएको मतभेद र अन्तरविरोधलाई लिएर विभिन्न सञ्चारमाध्यममार्फत विभिन्न ढङ्गले प्रचार भइरहेको भन्दै नेता श्रेष्ठले आपत्ति जनाएका छन् । उनी लेख्छन्, हाम्रो पार्टीभित्र देखिएको मतभेद र अन्तरविरोधलाई लिएर विभिन्न सञ्चारमाध्यममार्फत विभिन्न ढङ्गले प्रचार भइरहेको सम्बन्धमा विषयलाई अतिरञ्जित ढङ्गले नबुझ्न सबैसँग अनुरोध गर्दछु ।

 यस्तै नेता श्रेष्ठले अध्यक्ष प्रचण्डसहित अन्य नेताहरूसँग पनि छलफल भइरहेको प्रष्ट परे । यसैबीच हिजो बुधवार बिहान नेता श्रेष्ठ र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको थियो । पार्टीले सुरुबाटै एमसीसीको विरोध गर्दै आएको तर पार्टी अध्यक्ष प्रचण्डले पार्टीको निर्णय विपरीत एमसीसी पास गर्न भूमिका खेलेको भन्दै नारायणकाजी श्रेष्ठसहित केही नेता असन्तुष्ट देखिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार