आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • प्याराओलम्पिक आउँदो शुक्रवारदेखि सुरु हुँदै
Breaking News

प्याराओलम्पिक आउँदो शुक्रवारदेखि सुरु हुँदै

 

चीनको राजधानी बेइजिङमा हुने शीतकालीन प्याराओलम्पिकमा रुस र बेलारुसका खेलाडीले स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । अन्तर्राष्ट्रिय प्याराओलम्पिक कमिटी (आईपीसी) ले रुस र बेलारुसका खेलाडीले आफ्ना देशको झण्डामुनि नरही पाराओलम्पिकको झण्डामुनि रहेर प्रतिस्पर्धा गर्नुपर्ने बताएको हो । रुसले युक्रेनमा आक्रमण गरेको र बेलारुसले साथ दिएको भन्दै दुई देशका खेलाडीलाई सम्बन्धित देशको तर्फबाट प्रतिनिधित्व गर्न रोक लगाइएको बीबीसीले जनाएको छ ।

पदक तालिकामा पनि उनीहरूको देश उल्लेख नभइ आईपीसी उल्लेख हुनेछ । प्याराओलम्पिक आउँदो शुक्रवारदेखि सुरु हुँदैछ । यो प्रतियोगितामा २० जना युक्रेनी खेलाडी पनि सहभागी छन् तर उनीहरूले रुस र बेलारुसका खेलाडीसँग प्रतिस्पर्धा गर्ने÷नगर्ने अझै स्पष्ट भइसकेको छैन ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार