आइतवार, भदौ ३०, २०८१
  • होमपेज
  • अन्तिम अवस्थासम्म पनि लडिरहने : युक्रेनका राष्ट्रपति जेलेन्स्की
Breaking News

अन्तिम अवस्थासम्म पनि लडिरहने : युक्रेनका राष्ट्रपति जेलेन्स्की

रुसले युक्रेनको राजधानी किएभमा आक्रमक प्रहार गर्न लागेको भन्दै युक्रेनी नागरिकलाई सचेत गराएको छ । सयौँ बख्तरबन्द गाडीमा रुसी सेनाहरू किएभतर्फ गइरहेको तस्बिर सार्वजनिक भएको केही समयमा रुसको रक्षा मन्त्रालयले एउटा विज्ञप्ति निकालेर किएभमा तीव्र आक्रमण गर्न लागेको चेतावनी दिएको बीबीसीले जनाएको छ ।  विज्ञप्तिमा युक्रेनी सुरक्षा संयन्त्रहरूमा उच्चस्तरको आक्रमण सुरु गर्ने भन्दै सुरक्षा केन्द्रहरूको आसपासका सर्वसाधारणलाई त्यहाँबाट हट्न भनेको छ । युक्रेनीहरूलाई रुसविरुद्ध उक्साइरहेको भन्दै रुसले उक्साहटमा नलागी सुरक्षित ठाउँमा जान भनेको छ । बेलायतको रोयल युनाइटेड सर्भिस इन्स्टिच्युडले रुसका ७५ प्रतिशत सैनिक युक्रेनमा तैनाथ भएको दाबी गरेको छ ।

हिजो साेमवारको वार्ता विफल भएपछि रुसले युक्रेनमा आक्रमण बढाएको छ । खार्किभमा भएको आक्रमणमा एक जना भारतीय विद्यार्थीकाे पनि ज्यान गएको बीबीसीले जनाएको छ । यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली संसदको विशेष सत्रमा सम्बोधन गर्दै आफ्नो भूमि र स्वतन्त्रताका लागि अन्तिम अवस्थासम्म लडिरहने बताएका छन् । उनले अहिले युक्रेनमा दुःखद घटना भइरहेको भन्दै आफूहरू आफ्नो भूमि, स्वतन्त्रता र जीवनका लागि लडिरहने बताएको बीबीसीले जनाएको छ । उनले रुसले युक्रेनी बालबालिकालाई निसाना बनाएको भन्दै चिन्ता व्यक्त गरे ।

उनले युक्रेनले रुसको आक्रमणको सबै क्षेत्रबाट प्रतिरोध गरिरहेको बताए र भन, ‘युक्रेनी राष्ट्रियतालाई कमजोर पार्ने सोच नराख्नु रुसका लागि उचित हुनेछ ।’

यसैबीच युक्रेनमा आरोपित युद्ध अपराधबारे अनुसन्धान हुने भएको छ । द हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका अभियोजनकर्ताले युक्रेनमा आरोपित युद्ध अपराधबारे छिट्टै अनुसन्धान थाल्ने योजना रहेको बताएका बीबीसीले जनाएको छ । युद्ध अपराध र मानवताविरुद्धको अपराध भएको कुरा विश्वास गर्ने पर्याप्त आधारहरू रहेका अभियोजनकर्ता करिम खानले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार