आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • चीनले युक्रेन सङ्कटको शान्तिपूर्ण समाधानका लागि हुने सबै कुटनीतिक प्रयासहरूलाई सधै समर्थन र प्रोत्साहन गर्ने
समाचार

चीनले युक्रेन सङ्कटको शान्तिपूर्ण समाधानका लागि हुने सबै कुटनीतिक प्रयासहरूलाई सधै समर्थन र प्रोत्साहन गर्ने

 

चीनले युक्रेन सङ्कटको शान्तिपूर्ण समाधानका लागि हुने सबै कुटनीतिक प्रयासहरूलाई सधै समर्थन र प्रोत्साहन गरेकोचीनले युक्रेन सङ्कटको शान्तिपूर्ण समाधानका लागि हुने सबै कुटनीतिक प्रयासहरूलाई सधै समर्थन र प्रोत्साहन गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् । रुस र युक्रेनका प्रतिनिधिमण्डलबीच हिजो सोमवार बेलारुसको गोमेल क्षेत्रमा भएको वार्ताको जवाफ दिँदै प्रवक्ता वाङ वेनबिनले दैनिक पत्रकार सम्मेलनमा यस्तो टिप्पणी गरेका हुन । ‘हामीले नोट गरेका छौँ, दुई पक्ष निकट भविष्यमा नयाँ चरणको वार्ता गर्न सहमत भएका छन्’, वाङले भनेका छन् । चीनले दुई पक्षले वार्ता र वार्ताको प्रक्रियालाई निरन्तरता दिने र दुवै पक्षको उचित सुरक्षा चासोलाई समेट्ने, युरोपको साझा सुरक्षा र युरोपमा दिगो शान्ति र स्थायित्वका लागि उपयुक्त हुने राजनीतिक समाधान खोज्ने आशा राखेको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार