आइतवार, भदौ ३०, २०८१
  • होमपेज
  • इन्डियन आयल कर्पोरेशन ९आईओसी० द्वारा पेट्रोलियम पदार्थको मूल्य बढेको सूची नेपाल पाठाइँयो
अर्थ

इन्डियन आयल कर्पोरेशन ९आईओसी० द्वारा पेट्रोलियम पदार्थको मूल्य बढेको सूची नेपाल पाठाइँयो

 

इन्डियन आयल कर्पोरेशन (आईओसी) ले फेरि पेट्रोलियम पदार्थको मूल्य बढेको सूची नेपाल आयल निगमलाई पठाएको छ । निगमले आज मङ्गलवार विज्ञप्ति निकालेर पेट्रोलियम पदार्थको मूल्य बढेको सूची प्राप्त भएको जानकारी गराएको हो । नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ ८९ पैसा बढेको छ । यस्तै डिजेल तीन रुपैयाँ आठ पैसा, मट्टीतेल प्रतिलिटर १० रुपैयाँ तीस पैसा र हवाई इन्धन प्रतिलिटर तीन रुपैयाँ ३२ पैसा बढेको छ । यस्तै एलपीजी ग्यासको मूल्य प्रतिलिसिन्डर एक सय रुपैयाँ बढेर प्राप्त भएको निगमले जनाएको छ ।
आज प्राप्त भएको नयाँ मूल्य सूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ ५२ पैसा, डिजेलमा १६ रुपैयाँ र एलपीजी ग्यासमा ६ सय ६५ रुपैयाँ घाटा हुने उसले दाबी गरेको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोलको खरिद लागत प्रतिलिटर एक सय ६५ रुपैयाँ ५२ पैसा, डिजेलको खरिद लागत एक सय ४४ रुपैयाँ आठ पैसा र एलपीजी ग्यासको खरिद लागत प्रतिसिलिन्डर दुई हजार दुई सय सय ४० रुपैयाँ ३४ पैसा पुगेको छ । निगमका अनुसार अहिले कायम मूल्यमा बिक्री गर्दा निगमलाई आउँदो १५ दिनमा तीन अर्ब नौ करोड र मासिक ६ अर्ब १८ करोड रुपैयाँ घाटा हुने देखिएको छ । भारतबाट मूल्य बढेर आएको भए पनि नेपालमा भने भाउ बढेको छैन ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार