शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • पछिल्लो २४ घण्टामा देशभर एक सय ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि
Breaking News

पछिल्लो २४ घण्टामा देशभर एक सय ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर एक सय ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार पाँच सय चार जनाको नमुना परीक्षण गर्दा एक सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसका तीन सय ५४ जना सङ्क्रमित निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५७ हजार एक सय ६७ जना पुगेको छ । यही अवधिमा दुई जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसहित नेपालमा अहिलेसम्म ११ हजार नौ सय ३८ जनाले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । नेपालमा अहिले सात हजार नौ सय ७१ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा एक लाख आठ हजार एक सय ४० जनाले कोभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार